बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

को को बने मन्त्री ?

शनिबार, चैत्र १४ २०७७

काठमाडौं । प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईले शुक्रबार आफ्नो मन्त्रिमण्डल विस्तार गरेका छन् । प्रदेश–१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

मुख्यमन्त्री राईको सिफारिसमा प्रदेश–१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले मन्त्री तथा राज्यमन्त्री पदमा शुक्रबार नियुक्ति, हेरफेर र कार्यविभाजन गरेका हुन् । नवनियुक्त मन्त्रीहरुले आजै शुक्रबार सपथ ग्रहण गरेका छन् । 

प्रदेश प्रमुख अधिकारीले नवनियुक्त मन्त्री आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्वुहाङ लिम्बू, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगर, सामाजिक विकासमन्त्री उषाकला राई र भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

यसैगरी मुख्यमन्त्री राईले नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझा र भूमि व्यवस्था राज्यमन्त्री कला घलेलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा प्रदेशका मन्त्री, कार्यालयका उच्चपदस्थ कर्मचारीको उपस्थिति थियो ।