काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आगो ओकल्ने एमाले सांसद रामकुमारी झाँक्रीसँग स्पष्टिकरण सोध्ने तयारी भएको छ।
शुक्रबार प्रधानमन्त्री ओलीले बोलाएको एमाले संसदीय दलको बैठकले स्पष्टिकरण सोध्दै कारबाही गर्न सक्ने भएको हो।
प्रतिनिधि सभा विघटनपछि माधव नेपाल, पुष्पकमल दाहाल प्रचण्ड खेमामा उभिएर ओलीविरुद्ध झाँक्रीले आगो ओकलेकी थिइन्।
संसदीय दलको विधान परिवर्तन गरी सांसद हटाउन सक्नेसम्मको अधिकार ओलीको हातमा आएपछि बोलाइएको पहिलो बैठकले नै झाँक्रीसहित नेपाल समूहमा लागी सरकारविरुद्ध, पार्टीविरुद्धका समानान्तर कमिटीका भेला गुटमा सहभागी भएकाले जागिर खोस्ने तयारी भएको स्रोतले जनाएको छ।
यसअघि पार्टी हितविपरित काम गरेको भन्दै नेपालसहित उपाध्यक्ष भिम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालसँग स्पष्टिकरण माग गरिएको थियो।