सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ   

बुधबार, चैत्र ११ २०७७

तेह्रथुम । १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा धनकुटा महालक्ष्मी नगरपालिका–१ बस्ने ३२ वर्षीय श्याम गुरुङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 
गुरुङले ती बालिकालाई आइतबार साँझ यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।