आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

मौरिसस्थित एम एण्ड एम रेमिटसंगको सहकार्यमा रेमिटेन्स कारोवार नर्गन निर्देशन

आइतबार, चैत्र ८ २०७७

काठमाडौं ।  मौरिसस्थित एम एण्ड एम रेमिटसंगको सहकार्यमा रेमिटेन्स कारोवार नर्गन राष्ट्र बैंकले निर्देशन दिएको छ । आज अनुमती प्राप्त बैंक, बित्तीय संस्था एवं रेमिटेन्स कारोवार गर्ने कम्पनीहरुको नाउँमा सुचना जारी गर्दे राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो । 
राष्ट्र बैंकले भनेको छ, यस बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा बित्तीय संस्थाहरु एवं इजाजतपत्रप्राप्त बिप्रेषण कारोवार गर्ने बिप्रेषकहरुले मौरिसस्थित एम एण्ड एम रेमिटेन्ससंगको सहकार्यमा बिप्रेषण कारोवार गरिरहेको भए उक्त रेमिटेन्ससंग कुुनैपनि कारोवार नगर्न, नगराउन बिदेशी बिनिमय नियमित गर्ने ऐन २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी यो सुचना प्रकाशन गरिएको छ । तर यस व्यवस्थाले उक्त रेमिटेन्ससंग कुुनै पनि लिनुपर्ने रकम भए त्यस्तो रकम असुल गर्न कुुनै बाधा पुर्याएको मानिने छैन, राष्ट्र बैंकले भनेको  छ ।

remitance.JPG