बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कोरोना बिरुद्धको खोपको सकारात्मक असर बैकंको कर्जामा , सात महिनामा साढे  १० प्रतिशतले बढ्यो

आइतबार, चैत्र ८ २०७७

काठमाडौं । कोरोना बिरुद्धको खोप आएसँगै बैंक तथा वित्त सस्थामा कर्जाको माग ह्वात्तै बढेको छ । जसका कारण यो वर्षको कर्जा गत वर्षको भन्दा पनि बढि गएको देखिएको छ । महामारीपछि व्यवसाय सञ्चालन गर्नका लागि ऋण लिनेहरु बढेका कारण पनि कर्जा बढेको हो ।

आर्थिक वर्ष २०७७/७८ को सात महिनामा कुल आन्तरिक कर्जा १०.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ३.१ प्रतिशतले बढेको थियो । जबकी २०७७ माघ मसान्तमा यस्तो कर्जा २१.८ प्रतिशतले बढेको छ ।

माघ मसान्तसम्म मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १४.० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ९.५ प्रतिशतले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०७७ माघ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १७.२ प्रतिशतले बढेको छ ।

वार्षिक बिन्दुगत आधारमा २०७७ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १७.३ प्रतिशतले बढेको छ । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १४.० प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १७.७ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ४.४ प्रतिशतले बढेको छ ।

२०७७ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.४ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालु सम्पत्ति(कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।

२०७६ माघ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.१ प्रतिशत र १३.४ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७७/७८ को सात महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा २५.५ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १०.१ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ७.६ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ७.९ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ११.२ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १३.१ प्रतिशतले बढेको छ ।

माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १३.२ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १४.८ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा १६.८ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ५.३ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ५३.५ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा १८.२ प्रतिशतले बढेको छ भनेहायर पर्चेज कर्जा ५.९ प्रतिशतले घटेको छ ।

त्यस्तै माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ६.४ प्रतिशतले बढेको थियो ।

 वार्षिक बिन्दुगत आधारमा २०७७ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २२.४ प्रतिशतले बढेको छ ।

२०७७ माघमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.२ प्रतिशत, ३३.९ प्रतिशत र ४८.९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.२ प्रतिशत, ३१.६ प्रतिशत र ४९.९ प्रतिशत रहेको थियो ।

२०७७ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४२.० प्रतिशत रहेको छ । २०७६ माघ मसान्तमा यस्तो निक्षेपको अंश ४४.९ प्रतिशत रहेको थियो ।