काठमाडौं । बन्यजन्तुको तस्करी नियन्त्रणमा बाँके प्रहरीले सक्रियता बढाउँदा गैंडाको दुई थान खाग सहित मानिस पक्राउ परेकाछन । प्रहरीका अनुसार यही चैत छ गते अर्थात शुक्रबार नवलपरासी बुलिङ्टार गाउँपालिका वडा न. २, बस्ने बर्ष ३५ बर्षिय कृष्ण पुलामी मगर र सिन्धुली ग्यङ्लेख गाउँपालिका वडा न. –५ बस्ने ३४ बर्षिय सुरेश सिजाली बिगत लामो समय देखि बन्यजन्तु चोरी तस्करीमा लागेका छ्न भन्ने गोप्य सुराक प्राप्त भएको थियो ।
सोही सुराकका आधारमा पुलामी मगर र सिजालीको सर्वाधिक खोजी गर्ने क्रममा यही चैत छ गते शुुक्रबार अपरान्ह १ः३० बजेको समयमा बाँकेको कोहलपुर नगरपालिका वडा नम्वर ११ संकास्पदरुपमा हिंडिरहेको अवस्थामा ति व्यक्तिहरु पक्राउ परेका हुुन, प्रहरीले भनेको छ । चेकजाँजको क्रममा मगरको साथबाट त्रिभुज आकारको गैडाको खाग दुई बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद भएको उक्त खागमा झुक्यानमा पार्नको लागि सुन टाँसिएको र उक्त खाग एक करोड नेपाली रुपैयाँमा बिक्री गर्ने कुराहरु भईरहेको समेत प्रहरीले जानकारी दिएको छ । बाँके प्रहरीले खाग पक्राउ गरेको यो घटना पहिलो भएको र पक्राउ परेका व्यक्तिहरुलाई थप अनुसन्धानको लागि जिल्ला बन कार्यालयमा पठाईने बाँके प्रहरीले जानकारी दिएको छ ।