काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४२ एम्पुल, फेनारगन ४३ एम्पुल, फेनार्माइन ४१ एम्पुल र लूपिजेसिक ४० एम्पुल सहित मोरङ ग्रामथान गाउँपालिका–४ बस्ने २१ वर्षीय रंजित कुमार भगतलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१–००६ ख ०२४७ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भगतले बोकेको झोलाबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।