सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

 चितुवाको छाला र हड्डी सहित पक्राउ 

शुक्रबार, चैत्र ६ २०७७

काभ्रेपलाञ्चोक ।  बेथानचोक गाँउपालिका–२ ग्वाभञ्ज्याङ्गबाट संरक्षित वन्यजन्तु चितुवाको छाला १ थान तथा हड्डी (आखेटोपहार) सहित खानीखोला गाउँपालिका–७ बस्ने ३४ वर्षीय टेक बहादुर थिङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 
संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले उक्त आखेटोपहार सहित फेला पारी उनलाई पक्राउ गरेको हो । 
उनलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा पठाइएको उक्त व्यूरोले जनाएको छ ।