बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा पक्राउ

शुक्रबार, चैत्र ६ २०७७

काठमाडौं महानगरपालिका–२६ कान्तिपथस्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन फुटाएको अभियोगमा काठमाडौं ठमेल बस्ने भारत गोरखपुर घर भएका २२ वर्षीय दिलसाद आलमलाई प्रहरीले पक्राउ गरेको छ । 
उनले शुक्रबार बिहान साढे २ बजेको समयमा उक्त मेसिन फुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।