बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

किरण र अभिषेकले त्रिदेशीय अन्तराष्ट्रिय फुटबल खेल्ने

बिहिबार, चैत्र ५ २०७७

काठमाडौं । भारतमा व्यावसायिक फुटबल खेलिरहेका राष्ट्रिय टिमका सदस्यद्वय किरण चेम्जोङ र अभिषेक रिजालले त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगिताका लागि नेपाल आउने भएका छन् ।

एन्फाले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा किरण र अभिषेक प्रतियोगिताका लागि नेपाल आउने जानकारी गराएको छ ।

नियमित गोलकिपर किरण र स्ट्राइकर अभिषेक भारतको शीर्ष डिभिजन लिग आईलिग खेलिरहेका छन् । किरण पन्जाब र अभिषेक आईजवालबाट खेलिरहेका छन् ।

किरण र अभिषेकलाई टिममा ल्याइने छ । उनीहरुलाई रिलिजका लागि क्लबसँग कुरा भईसकेको छ । उनीहरू टिममा सामेल हुने पक्का पक्की जस्तै छ, एन्फा प्रवक्ता किरण राईले भने।

दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबलमा नेपाल, बंगलादेश र किर्गिस्तानले खेल्ने छन् ।

नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ ।

नेपाल र किर्गिस्तानबीचको खेल चैत १२ गते हुनेछ । किर्गिस्तानको यू—२३ टिम हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्ने छन् । उद्घाटन खेल चैत १० हुनेछ ।

यस्तै दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ ।

राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

फाइनल खेल चैत १६ गते हुनेछ ।

प्रतियोगितामा कुल ४ खेल हुनेछ ।