सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

चोरी मुद्दामा फरार प्रतिवादी पक्राउ 

बिहिबार, चैत्र ५ २०७७

झापा ।  चोरी मुद्दाका फरार प्रतिवादी मेचीनगर नगरपालिका–१० बस्ने ३१ वर्षीय प्रकाश लामीछाने क्षेत्रीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  
जिल्ला अदालत झापाको २०७६ चैत ४ गतेको फैसलाले चोरी मुद्दामा ६ महिना कैद तथा ५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले बाँकी कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।