बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बाँकेलाई स्मार्ट बनाउँदै माछापुच्छ्रे बैंक  

बिहिबार, चैत्र ५ २०७७

माछापुच्छ्रे बैंकले बाँके जिल्लाको नेपालगञ्जमै पहिलोपटक औपचारिक कायर्क्रम गरेर एकैदिन ४ स्थानमा क्यु.आर. कोड सेवा सुरुवात गरेको छ । बाँके जिल्लालाई स्मार्ट बनाउने उद्देश्यले माछापुच्छ्रे बैंकले एकैदिन नेपालगञ्जमा रहेको सनराईज यातायात, नेपालगञ्ज कै न्यूरोडमा रहेको हङ्गकङ्ग बजार तथा रानी तलाउमा रहेको कृषि उपज बजार समिति र कोहलपुरमा रहेको कृषि बजार व्यवस्थापन समिति अन्र्तगत संचालनमा रहेका तरकारी तथा फलफुल पसलहरुमा क्यु.आर. कोड हस्तान्तरण गरेको छ । बुधबार आयोजित छुट्टाछुटै अपौचारिक कार्यक्रम मार्फत नेपाल राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक श्री गोविन्द प्रसाद नागिला ज्यूले ति स्थानमा क्यु.आर. कोड सेवाको सुरुवात गर्नुभएको हो । 

macha.JPG

उक्त क्युआर कोड सेवा सुरु भएसंगै नेपालगञ्जबाट दाङ्ग, धनगढि, बर्दिया रुटमा चल्ने सनराईज यातायातमा यात्रा गर्ने यात्रुले आफुले तिर्नुपर्ने गाडी भाडा क्यु.आर.कोड प्रयोग गरि सिधै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नुहुनेछ भने नेपालगञ्ज कै न्यूरोडमा रहेको हङ्गकङ्ग बजार, रानी तलाउमा रहेको कृषि उपज बजार तथा कोहलपुरमा रहेको कृषि बजारमा आफुले खरिद गरेका दैनिक उपभोग्य बस्तु जस्तै तरकारी, फलफुल तथा लत्ताकपडाहरुको रकम समेत क्यु.आर. कोड बाट भुक्तानी गर्न सक्नुहुनेछ ।

macha1.JPG

आफुले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैंक खाता मार्फत डिजिटल्ली भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको बिकास हुने, व्यापारीलाई हरेक दिन आफुले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्ने लगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्यु. आर. कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ । यहि कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे बेंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रमक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ ।  
स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।

macha2.JPG