काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आज मंगलबार शितलनिवासमा बोलाएको सर्वदलीय बैठकमा सबैका सामुन्य प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संसद र सरकार नचल्ने स्थितिमा संसारभर प्रतिनिधिसभा विघटन हुन्छन् , नेपालमै पनि फेरि विघटन हुनसक्छ । संविधानको धारा ८५ र धारा ७६ को उपधारा ७ ले त्यसको परिकल्पना गरेको छ ।’ भनि राष्ट्रपति विद्यादेवी भण्डारीको बचाऊ गर्रेका छन् ।
सर्वदलीय बैठकमा ष्ट्रपति विद्यादेवी भण्डारीको गल्तीको त्यान्द्रो खुलेपछि बैठकमा प्रधानमन्त्री ओलीले समेत प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि गर्ने आफ्नै जिद्दी गरेका हुन् ।
प्रधानमन्त्री ओलीले गरेको विघटनलाई सर्वाेच्च अदालतले असंवैधानिक भनेर बदर गरिसक्दा समेत उनी अझै पनि संविधानको आफ्नै तरिकाले ब्याख्या गरिरहेका छन् । उनले फेरि जिद्दी गर्दै भने, ‘नयाँ निर्वाचनमा जाने कुरा कसरी प्रतिगमन हुन्छ ? अब १ वर्षपछि स्थानीय निकायको चुनाव हुन्छ, त्यसलाई प्रतिगमन भनिदिने ? त्यसपछि अन्य चुनाव हुन्छ । त्यसैले चुनावलाई प्रतिगमन भनिदिनुभएन साथीहरुले ।’
बैठकमा माओवादी केन्द्रका तर्फबाट सहभागी भएका नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा पुनर्स्थापना भइसकेको अवस्थामा त्यसकै बारेमा छलफल गरिरहनु उपयुक्त नहुने तर्क राखेका छन् ।
नेपाली कांग्रेसबाट बैठकमा सहभागी वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई तहसनहस गराउने र संविधान नै भताभुंग गर्ने गरी प्रतिनिधिसभा विघटन गरिएकोमा असन्तुष्टि जनाएका छन् ।
नेपाली कांग्रेसका अर्का नेता बिमलेन्द्र निधिले विगतमा जे भएको भएपनि अब संसदले नै निकास दिने गरी अघि बढ्नुपर्ने सुझाव दिएका छन् ।
बैठकको अन्तिममा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गर्ने मन्त्रिपरिषदको निर्णयलाई कार्यान्वयन गरेर आफूले संविधानबमोजिम नै काम गरेकाले अन्यथा नलिन आग्रह गरेकी छन् ।