सामाजिक संजाल Facebook, Whats Apps, e-sewa, IME pay wallet दुरुप्रयोग गरी म अमेरिकाको नागरिक हुँ भनि बिभिन्न व्यक्तिहरुसंग कुराकानी गरी बिश्वास दिलाई पिडितहरुलाई बिभिन्न ईलोक्ट्रोनिक सामानहरु, नेपाल सम्म डेलिभरी गराई दिने प्रलोभनमा पारी रकम जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा संलग्न रहेका रंजित यादवलाई जिल्ला प्रहरी कार्यालय मोरङ र महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले मिति २०७७।१२।०२ गते पक्राउ गरी महानगरीय प्रहरी परिसर ललितपुरमा राखी अनुसन्धान कार्य भई रहेको ।