काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको बर्तमान आर्थिक तथा बित्तीय अवस्था सम्वन्धी सात महिनाको प्रतिवेदन सार्वजनिक गरेको छ । आज मंगलबार सार्वजनिक भएको प्रतिवेदन अनुसार चालुु आवको सात महिनामा कुल वस्तु निर्यात सात दसमलव छ प्रतिशतले बढेर ६९ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २२ दसमलव चार प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः १० प्रतिशत र चार दसमलव नौ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पmको निर्यातमा ४७ दसमलव सात प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, पश्मिना, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, जुस, तार लगायतका वस्तुको निर्यात घटेको छ ।
चालु आवको सात महिनामा कुल वस्तु आयात शुन्य दसमलव शुन्य एक प्रतिशतले बढेर आठ खर्ब तीन अर्ब ६४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात तीन दसमलव छ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात सात दसमलव एक प्रतिशतले वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः १२ दसमलव चार प्रतिशत र १० दसमलव आठ प्रतिशतले कमी आएकोे छ । वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, सुन, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छभने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुजा,भडियो, टेलिभिजन तथा पार्टपुर्जालगायतका वस्तुको आयात घटेको छ ।ढ।निर्याततर्पm सुख्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर, कैलाली र कन्चनपुर भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।
चालुु आवको सात महिनामा कुल वस्तु व्यापार घाटा शुन्य दसमलव सात प्रतिशतले घटेर सात खर्ब ३३ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा पाँच दसमलव तीन प्रतिशतले घटेको थियो । राष्ट्र बैकका अनुसार समीक्षा अवधिमा निर्यात–आयात अनुपात आठ दसमलव सात प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ दसमलव एक प्रतिशत रहेको थियो ।