बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बिल भरपाई नभएको २० थान लेहेङगा बरामद 

मंगलबार, चैत्र ३ २०७७

काठमाडौं ।  चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट बिल भरपाई नभएको करिब १ लाख ६० हजार रुपैयाँ मूल्य बराबरको २० थान लेहेङगा मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । 
महेन्द्रनगरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ६६७९ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्दा बसको डिक्कीमा बोराभित्र लुकाई ल्याएको उक्त लेहेङ्गा बिल भरपाई नभएको अवस्थामा फेला पारी बरामद गरेको हो । 
बरामद सामान आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय सानो गौचरण काठमाडौं पठाईएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।