कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका २ लिङ्गगेट स्थित सीमा ईलाकाबाट फागुन २८ गते एपीएफ टोलीले करीव तीन लाख २७ हजार रुपैयाँ बराबरको चोरीनिकासीको डिजेल बरामद गरेको छ ।
सात वटा टेलर ट्रकमा फल्स वटम डिजेल ट्याङ्की बनाई नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको अवस्थामा उल्लेखित मुल्य बराबरको ४२ सय लिटर डिजेल सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद डिजेल कृष्णनगर भन्सार कार्यालयमा बुझाएको छ ।