सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

बम विस्फोटमा संलग्न रहेको आशंकामा एपीएफ टोलीद्वारा एक जना पक्राउ 

मंगलबार, चैत्र ३ २०७७

काठमाडौं ।  सिरहा जिल्लाको लहान नगरपालिका ८ स्थित मालपोट कार्यालयमा भएको बम विस्फोटमा संलग्न रहेको आशंकामा एपीएफ टोलीले सोही जिल्लाको सुखीपुर नगरपालिका २ स्थित विद्यानगरबाट चैत्र २ गते एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको लहान नगरपालिका १८ बस्ने ३९ वर्षिय बलराम मण्डल छन् ।
उनलाई विशेष सुचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश सुखिपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि ईप्रका लहानमा बझुाएको छ ।