काठमाडौं महानगरपालिका–७ चावहिल डेरा गरी बस्ने बारा जितपुर सिमरा घर भएका ४५ वर्षीय सुरेश पन्तको कोठाबाट दराज फुटाई करिब ४ लाख ९५ हजार ५ सय रूपैयाँ मूल्य बराबरका सुनका विभिन्न गरगहना सोमबार दिउँसो चोरी भएको छ ।
यसैगरी, काठमाडौं नागार्जुन नगरपालिका–१ घर भएका ५२ वर्षीय नवराज अधिकारीको बा.६० प ९३०४ नम्बरको स्कुटरको डिक्कीमा रहेको विभिन्न बैंकबाट निकाली ल्याएको नगद २८ लाख ५० हजार रूपैयाँ सोमबार बेलुकी चोरी भएको छ । डिक्कीमा राखी कामको सिलसिलामा चक्रपथ, सोह्रखुट्टे, असन हुँदै समाखुसीस्थित साथीको घरमा गई डिक्की खोली हेर्दा रकम चोरी भएको थाहा हुन आएको बताइएको छ ।
पर्सा, वीरगञ्ज महानगरपालिका–९ घन्टाघरस्थित सोही महानगरपालिका–१३ बस्ने ४५ वर्षीय साहेव प्रसाद कानुको रेहान रौनक ट्रेडर्स मोबाईल पसलको पछाडीको ढोका र वाल फुटाई विभिन्न कम्पनीको १ सय २५ थान गरी करिब १५ लाख रूपैयाँ बराबरको मोबाईलहरू सोमबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न फरार ब्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।