सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

मंगलबार, चैत्र ३ २०७७

झापा ।  लागूऔषध मुद्दाका फरार प्रतिवादी मेचीनगर नगरपालिका–११ घर भएका ३३ वर्षीय कैलाश राजवंशीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत झापाको २०७६ असार २ गतेको फैसलाले लागूऔषध मुद्धामा ६ महिना कैद र ५ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका राजवंशीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले बाँकी कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।