काठमाडौं । महालक्ष्मी बिकास बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा बोधराज देवकोटा नियुक्त भएकाछन । बैकका अनुसार सञ्चालक समितीको यही चैत एक गते बसेको चार सय ७९ औं बैठकले देवकोटालाई प्रमुुख कार्यकारीमा नियुुक्त गरेको हो । नवनियुुक्त प्रमुख कार्यकारी अधिकृत देवकोटाको कार्यकाल चैत दुई गतेबाट नै सुरु भएको बैंकले जानकारी दिएको छ ।
बैंकले चालुु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा ३४ करोड ६८ लाख ७१ हजार दुुई सय ४६ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ३० करोड ५० लाख ७९ हजार चार सय ४८ रुपैयाँ रहेको छ । चुक्ता पुंजी तीन अर्ब सात करोड २० लाख ६१ हजार तीन सय २८ रुपैयाँ रहेको बैंकले चालुु आवको दोस्रो त्रैमासिक अवधिमा ३६ अर्ब ४३ करोड चार लाख ३६ हजार पाँच सय ४४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ८४ करोड ८४ लाख ४१ हजार नौ सय २० रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा चार दसमलव ७९ प्रतिसत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा पाँच दसमलव ५१ प्रतिसत स्प्र्रेड दर रहेको बैंकको बितरणयोग्य नाफा भने १२ करोड ४७ लाख १३ हजार २६ रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ३६ अर्ब ९७ करोड ७१ लाख ६९ हजार २७ रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ४९ करोड २१ लाख ३३ हजार नौ सय ५४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ८० करोड ४१ हजार दुुई सय ६२ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुुई दससमलव ७६ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दसमलव ३३ प्रतिसत रहेको थियो ।