काठमाडौं । क्षेत्रियस्तरका बिकास बैंक र लघुुबित्त बित्तीय संस्थाहरुमा कर्जाको व्याजदर निकै उच्च देखिएको छ । नेपाल राष्ट्र बैंकले कर्जा तथा निक्षेपबिचको व्याजदर अन्तरलाई निश्चित सिमामा राख्नको कर्जा ततथा निक्षेपबिचको व्याजदर अन्तर (स्प्रेड दर) सम्वन्धी व्यवस्था कार्यान्वयनका ल्याएको छ ।
यो व्यवस्था अनुसार कुुनै पनि बैंक तथा बित्तीय संस्थाहरुको स्प्रेड दर पाँच प्रतिसत भन्दा बढी हुुनु हुुदैन । तर हालको अवस्था बाँणिज्य बैकहरुमा औषत स्प्रेड दर तीन देखि चार प्रतिसतको हाराहारीमा देखिपनि क्षेत्रियस्तरका बिकास बैंक र लघुुबित्त बित्तीय संस्थाहरुमा भने यस्तो स्प्रेड दर पाँच देखि १० प्रतिसतसम्मको हाराहारीमा रहेको छ ।
अहिले नेपाली बित्तीय क्षेत्रमा २७ वटा बाँणिज्य बैंक, १९ वटा, २१ वटा फाईनान्स कम्पनी र ७६ वटा लघुुबित्त बित्तीय संस्थाहरुले बित्तीय कारोवार सञ्चालन गर्दे आएकाछन । ति मध्ये एक दर्जन संस्थाहरुको स्प्रेड दर नेपाल राष्ट्र बैंकले तोकेको अधिकतम सिमाभन्दा पनि निकै माथि रहेको छ । सम्वन्धीत बैंक तथा बित्तीय संस्थाहरुले सार्वजनिक गरेको चालुु आवको दोस्रो त्रैमासिक अपरिष्कृत बित्तीय बिवरण अनुसार मिर्मिरे लघुुबित्त संस्थामा चालुु आवको दोस्रो त्रैमासमा आठ दसमलव ९० प्रतिसतको उच्च स्प्रेड दर रहेको छ । गत आवको सोही अवधिमा उक्त संस्थाको स्प्रेड दर सात दसमालव ३२ प्रतिसत रहेको थियो । यसैगरी ईन्फिनिटी लघुुबित्त बित्तीय संस्थामा पनि सात दसमलव ८६ प्रतिसत स्प्रेड दर रहेको छ । गत आवको सोही अवधिमा यो संस्थामा आठ दसमलव ५२ प्रतिसतको उच्च स्प्रेड दर रहेको थियो । यि बाहेक महुुली, स्वरोजगार र नेपाल सेवा लघुुबित्त बित्तीय संस्थामा पनि उच्च अनुुपातमा स्प्रेड दर रहेको छ ।
फाईनान्सतर्फ भने सिर्जना फाईनान्स, समृद्धि फाईनान्स र बेष्ट फाईनान्समा पाँच देखि आठ प्रतिसतसम्मको उच्च स्प्रेड दर रहेको छ । यसैगरी बिकास बैंक तर्फ पनि ज्योति बिकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, महालक्ष्मी बिकास बैंक, सिन्धुु बिकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक र एक्सेल डेभलपेन्ट बैंकमा उच्च स्प्रेड दर रहेको छ । स्प्रेड दर उच्च हुंदा निक्षेपको व्याज सस्तो हुुने र कर्जाको व्याज महँगो हुुने हुुंदा आम निक्षेपकर्ता एवं कर्जावाला ग्राहकहरुले भने निक्षेप राख्न र कर्जा लिनको लागि कम स्प्रेड दर भएको बैंक तथा बित्तीय संस्थामा जानुु पर्ने देखिन्छ ।
कुुन संस्थाको स्प्रेड दर कति छ ? हेर्नुहोस तालिका (स्प्रेद दर प्रतिसतमा)
क्रस संस्थाको नाम चालुु आव (दोस्रो त्रैमास) गत आव (दोस्रो त्रैमास)
१ मिर्मिरे लघुुबित्त संस्था ८.९० ७.३२
२ ईन्फिनिटी लघुुबित्त संस्था ७.८६ ८.५२
३ महुुली लघुुबित्त संस्था ७.४५ ७.४४
४ स्वरोजगार लघुुबित्त संस्था ७.३५ ७.५०
६ नेपाल सेवा लघुबित्त संस्था ७.९५ ६.६७
७ सिर्जना फाईनान्स ७.८९ ५.६१
८ समृद्धि फाईनान्स ७.८१ १५.३
९ बेष्ट फाईनान्स ५.१५ ६.५०
१० ज्योति बिकास बैंक ६.४५ ८.३३
११ मितेरी डेभलपमेन्ट बैंक ५.९३ ६.०३
१२ महालक्ष्मी बिकास बैंक ५.५१ ५.३३
१३ सिन्धुु बिकास बेंक ६.३७ ५.१२
१४ कर्णाली डेभलपमेन्ट बैंक ८.९९ ६.२८
१५ एक्सेल डेभलपमेन्ट बैंक ५.९६ ६.२२