आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

बहस गरौँ, जित्नु भयो भने म तपाईंको पछि लाग्छु

शुक्रबार, फाल्गुन २८ २०७७

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले लिएको शान्तिपूर्ण बाटो र नेत्रविक्रम चन्द विप्लवले भनेको वैज्ञानिक समाजवादको विषयमा विप्लव नेकपासँग बहस र छलफलका लागि आफू तयार रहेको बताएका छन्।

नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहीबार जनयुद्धका सहिद भरत ढुंगाना स्मृतिग्रन्थ सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रममा अध्यक्ष प्रचण्डले बहसमा विप्लव समूहले जिते आफू पछि लाग्न तयार रहेको बताएका हुन्।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता अनिल शर्मा ‘विरही’ले ‘‘शास्त्रार्थ’ गरौँ जसले जित्छ त्यसलाई मानौँ’ भन्ने भनाइलाई लिएर अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। उनले शास्त्रार्थका लागि आफू तयार भएकोे बताए।

‘शास्त्रार्थ गरौं, जसले जित्छ त्यसलाई सबैले मानौं, म शास्त्रार्थका लागि तयार छु’ उनले भने, ‘कति दिन बस्नुपर्ने हो बसौं, इमान्दारिताका साथ बसौं, जित्नु भयो भने म तपाईंहरुको पछि लाग्छु।’

प्रचण्डले अघि भने ‘मेरो विचारमा म लडिरहेको छु, तपाईको विचारमा तपाई लडिरहनुभएको छ । साँच्चै को लडेको हो शास्त्रार्थबाट निश्कर्ष निकालौं । मलाई लाग्छ हामी एकै ठाउँमा आउछौं ।’