आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

नेकपा एमालेको उपाध्यक्ष बन्दै बादल

बिहिबार, फाल्गुन २७ २०७७

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेकपा एमालेको उपाध्यक्ष बन्ने भएका छन् । बालुवाटार स्रोतका अनुसार पुर्व माओवादी केन्द्रका नेता समेत रहेका थापालाई एमालेको उपाध्यक्षमा बनाउने तयारी भइरहेको छ ।

उनी पार्टी एकिकरणपछि प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेका थिए । उनी संसद विघटनपछि प्रधानमन्त्री ओली समूहमा खुलेर लागेका थिए । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि पनि उनी मन्त्री पदमै बसिरहँदा समाजीक संजालमा धेरै आलोचित बनेका थिए ।

नेकपाको आधिकारिकता सम्बन्धी सर्वोच्च अदालतको फैसलापछि पूर्व माओवादी रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणीचन्द्र थापा लगायतका नेता माओवादी केन्द्रमा फर्किएका छैनन् ।

तर संसद विघटनपछि नेकपा प्रचण्ड- माधव समूहमा रहेका पुर्व एमालेहरु अदालतको यो फैसलापछि नेकपा एमालेमा नै फर्किएका छन् ।