सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

भीम रावल र लेखराज भट्ट पक्षधरबीच कुटाकुट

बिहिबार, फाल्गुन २७ २०७७

काठमाडौँ, नेकपा एमालेका कार्यकर्ताबीच धनगढीमा कुटाकुट भएको छ । भीम रावल पक्षधर र लेखराज भट्ट पक्षधरबीच कुटाकुट भएको हो । सुदूरपश्चिम प्रदेश नेकपा एमाले इञ्चार्जमा भीम रावल रहेकोमा उनको साटो लेखराज भट्टको नाम राख्न खोजिएपछि झडप भएको हो ।

रावल र भट्टका पक्षधरले एक अर्कामाथि बल प्रयोग गरेका थिए । भट्ट माओवादी केन्द्र छाडेर ओली समूहमा गएका छन् । प्रचण्डले रावललाई बढी साथ दिएपछि भट्टले नेकपा हुँदा नै गुट छाडेका थिए ।