आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश विरुद्ध कांग्रेस, माओवादी र जसपाले गरे विरोध दर्ता

बुधबार, फाल्गुन २६ २०७७

काठमाडौँ । प्रतिनिधिसभामा टेबुल भएको ‘संवैधानिक परिषद् (कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको अध्यादेश विरुद्ध प्रमुख प्रतिपक्ष कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले विरोध दर्ता गराएका छन् ।

प्रतिनिधिसभा पुनःस्थापना भएपछिको पहिलो बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले होहल्लाकाबीच उक्त अध्यादेश टेबुल गरेका थिए । उक्त अध्यादेशविरूद्ध एमाले बाहेकका दलहरूले विरोधको सूचना संसद् सचिवालयमा दर्ता गराएका हुन् ।

कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतम, माओवादीका सांसदहरू सन्त थारू, दुर्गाकुमारी विक, यशोदा सुवेदी र टेकबहादुर बस्नेतले विरोधको सूचना संसद् सचिवालयमा दर्ता गराएका हुन् ।

त्यस्तै, जसपाका तर्फबाट संसदीय सुनुवाइ समितिका सभापतिसमेत रहेका लक्ष्णलाल कर्ण र मोहम्मद इस्तियाक राईले विरोधको सूचना दर्ता गराएका हुन् ।

अध्यादेशमा गरिएका प्रावधान संविधानसँग बाझिएको हुनाले संवतः खारेज हुनुपर्ने सांसदहरूको माग छ ।