आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

ओलीलाई जोगाउन फुट्यो मधेशी दल

बुधबार, फाल्गुन २६ २०७७

महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी (राजपा) ले केपी ओली सरकारलाई समर्थन गर्दै भोलि उपसभामुख र अन्य केही महत्वपूर्ण मन्त्रालयको भाग लिएर सत्ता साझेदारी गर्ने भएको छ ।

यसअघि उपेन्द्र यादव,बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ सम्मिलित राष्ट्रिय जनशक्ति पार्टी र राजपा मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) को महन्थ समूहले आज दिउँसो सत्तारुढ एमालेको संसदीय दलका नेता सुवास नेम्वाङ र महासचिव विष्णु पौडेलसँग गरेको वार्तापछि उक्त सहमति भएको र जसपा औपचारिक रुपमै बिभाजित भएको बताइएको छ ।

महन्थ-उपेन्द्रको सँसदीय दल एकीकृत भएको जानकारी संसदलाई अहिलेसम्म नभएकाले दल विभाजनमा कुनै कानुनी झमेला नरहेको स्रोतको दाबी छ ।

३४ जना सांसद रहेको जसपामा पूर्व राजपाको १६ जना सांसद छन् । तीमध्ये हाल निलम्बित पप्पु कन्सट्रक्सनका मालिक हरिनारायण रौनियार उपेन्द्र र जेलमा रहेका रेशम चौधरी राजपामा छन् । महन्थ ठाकुर नेतृत्वको राजपाले गरेको पछिल्लो सत्ता सहकार्यको निर्णयले राजनीतिको छेउमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँ जीवन प्राप्त गरे सरह भएको छ । जन आश्था साप्ताहिकमा खबर छ ।