आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

ओली कै मिलेमतोमा सन्ध्या तिवारीले एमाले दर्ता गरेको खुल्यो रहस्य, यस्तो रहेछ सेटिङ

मंगलबार, फाल्गुन २५ २०७७

काठमाडौं – नेकपा एमालेकी अध्यक्ष सन्ध्या तिवारीले आफूहरू पूर्वएमाले समूहमा मिसिने बताएकी छन् । सर्वोच्च अदालतले आइतबार तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताउने गरी नेकपा ऋषिराम कट्टेललाई दिने फैसला गरेको थियो ।

फैसलाको प्रधानमन्त्री केपी ओली पक्षले स्वागत मात्र गरेन, दीपावली नै गरेको थियो । ओलीले अदालतको फैसला कार्यान्वयन गर्ने भन्दै अब चाँडै पूर्वएमालेको बैठक बोलाउने घोषणा गरेका थिए ।

ओलीले त्यस्तो घोषणा गरेको भोलिपल्टै नेकपा एमालेकी अध्यक्ष सन्ध्या तिवारीले पनि आफूले एमालेको दाबी नगर्ने र अदालतको फैसला स्वीकार्ने बताएकी छन् । एमाले र माओवादी एकता भएपछि नेकपा एमाले दर्ता गराएकी तिवारीले आफूले एमालेमा दाबी नगर्ने बताएकी हुन् ।

सोमबार बिहान सामाजिक सञ्जालमा तिवारीले लेखेकी छन्, ‘समृद्ध नेपाल सुखी नेपालीका लागि जनताको बहुदलीय जनवादलाई मार्गदर्शन मानी मुलुकको शान्ति, सुव्यवस्था र बिकासका लागि हाम्रो पार्टी सम्मानित अदालतले फैसलालाई सम्मान र आगामी दिनमा निर्वाचन आयोगको निर्देशनलाई स्विकार गरि अगाडि बढ्ने छौं,’ तिवारीले फेसबुकमा लेखेकी छन् ।

अदालतले एमाले र माओवादी ब्युँत्याइदिएपछि उनले जबज जिन्दावाद भन्दै केपी ओलीतिर मिल्ने प्रस्ट संकेत दिंदै जबज जिन्दावाद भनेकी छिन् । अदालतको फैसलापछि ओलीले  पूर्वएमालेको बैठक बोलाउने घोषणा गर्नु र सन्ध्या तिवारीले आफूले एमालेमा दाबी नगर्नुले बालुवाटारको मिलेमतोमै नेकपा एमाले निर्वाचन आयोगमा दर्ता गरेको प्रस्ट हुन्छ ।