आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

माओवादीले समर्थन फिर्ता लिए विश्वासको मत लिन्छु : प्रधानमन्त्री

सोमबार, फाल्गुन २४ २०७७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले नेकपा खारेज गरेर एकीकरण प्रक्रिया नै बदर गरेकाले साविक एमाले र माओवादी केन्द्र सक्रिए भएको बताएका छन्।

उनले आफू निकट संसदीय दलको बैठकमा सम्बोधन गर्दै सर्वोच्चको आइतबारको नेकपा विवादबारेको फैसलाले पार्टी एकीकरण २०७५ जेठ २ गतेको अवस्थामा फर्केको बताएका छन्। उनले अब तत्कालिन माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिए आफूले संसदमा विश्वासको मत लिने बताएका छन्।

उनका अनुसार अब यसअघि ओली समूहले बनाएको १५ सय सदस्यीय केन्द्रीय कमिटीको बैठक बोलाएर सो बैठकबाट कसरी अगाडि बढ्ने भन्ने निर्णय हुनेछ।

प्रधानमन्त्री ओलीले सर्वोच्चको आइतबारको फैसलाको स्वागत गरेको राष्ट्रिय सभाका सचेतक खिमलाल भट्टराईले जानकारी दिए। उनका अनुसार बैठकमा प्रधानमन्त्री ओली सभामुख अग्नि सापकोटामाथि भने आक्रामक रुपमा प्रस्तुत भएका छन्।