प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलालाई मानेर कार्यान्वयन गर्ने बताएका छन्।
सर्वोच्चले आइतबार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई ब्युँताइदिएको विषयमा छोटो प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसलालाई कार्यान्वयन गर्ने बताएका हुन्।
प्रतिनिधि सभाको बैठकका लागि संसद् भवन नयाँ बानेश्वर पुगेका प्रधानमन्त्री ओलीले पत्रकारहरूसँग प्रतिक्रिया दिँदै सर्वाेच्चकाे फैसला कार्यान्वयन गर्ने बताएका हुन्।