आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

अविश्वासको प्रस्ताव पास नहुने, केपी ओलीको पक्षमा बहुमत

शनिबार, फाल्गुन २२ २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद खिमलाल भट्टराईले प्रधानमन्त्री ओलीमाथि अविश्वासको प्रस्ताव आएमा पारित हुन नसक्ने दाबी गरेका छन् ।

शनिबार प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा संचालन भएको संसदीय दलको बैठकमा सहभागी भएपछि भट्टराईले ‘अविश्वासको प्रस्ताव आए पनि जे आए पनि जसरी सरकार अघि बढेको छ, त्यस हिसाबले पास हुँदैन, भन्दै आफ्नो पक्षमा १२० सांसद पुग्ने दावी गरेका छन् ।

ओलीले बैठकमा देश र जनताको पक्षमा सरकार लागेको दाबी गर्दै आफ्ना सांसदलाई संसदमा सरकारको बचाउ गर्न निर्देशन दिए । ‘हामी देश र जनताको पक्षमा छौं । जीत हाम्रो हुन्छ,’ ओलीले बैठकमा भनेका छन् ।

भोलि आईतबार अपराह्न ४ बजे प्रतिनिधिसभा बैठक बस्ने गरी अधिवेशन आह्वान गरिएको छ । प्रतिनिधिसभा बैठक अघि नेकपाका दुबै पक्षले आफूतिर बहुमत रहेको दाबी गर्दै आएका छन् ।