आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

विप्पलवसंगको सहमति लगत्तै प्रधानमन्त्री ओली हान्निए वामदेव निवास भैंसेपाटी

शनिबार, फाल्गुन २२ २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैंसेपाटीस्थित उनको निवासमा पुगेका छन् ।

नेत्रविक्रम चन्द विप्पलवलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याएका ओली लगत्तै उपाध्यक्ष गौतमको निवासमा भेटघाट गर्न गएका हुन् ।

घरभित्रै लडेर सामान्य घाइते भएका गौतमलाई भेट्न प्रधानमन्त्री ओली उनको निवासमा पुगेको श्रोतले बतायो । गौतम केही समयदेखि पार्टी एकताको अभियानमा लागेका छन् ।

दुवै नेताबीच पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल भएको बताइएको छ ।

आजै नै पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले संसदीय दलको नेतामा प्रचण्डलाई चयन गरेको छ ।