काठमाडौं । बिकास बैकहरुमा खराव कर्जा उच्चरुपमा बढेको छ । बिश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) का कारण बिकास बैंकहरुको निक्षेप ततथा कर्जा प्रवाह दुुबैमा गिरावट आएको र प्रवाह भएको कर्जाको पनि नियमितरुपमा उठ्नुुपर्ने सावाँ व्याज वापतको किस्ता रकम उठ्न नसेपछि यि बैकहरुमा खराव कर्जा गत बर्षको तुुलनामा बढेको हो ।
हाल नेपाली बैंकिङ क्षेत्रमा क्षेत्रिय, राष्ट्रिय र प्रादेशिकस्तरीय समेत गरी १९ वटा बिकास बैंकहरुले सात वटा प्रदेश अन्र्तगत ७७ वटै जिल्लाको सबैजसो क्षेत्रहरुमा बित्तीय सेवा उपलब्ध गराउँदै आएकाछन । एकाध बाहेकका सबैजसो बिकास बैकहरुमा गत आर्थिक बर्षको दोस्रो त्रैमासको तुलनामा चालुु आवको दोस्रो त्रैमासमा खराव कर्जाको मात्रा बढेर गएको छ । बैंकहरु स्वंमले सार्वजनिक गरेको चालुु आवको दोस्रो त्रैमासको अपरिष्कृत बित्तीय बिवरण अनुसार कामना सेवा बिकास बैंकमा चालु आवको दोस्रो त्रैमासमा एक दसमलव ५९ प्रतिसत कर्जा खराव रहेको छ । गत आवको सोही अवधिमा यो बैंकमा खराव कर्जाको अनुपात एक दसमलव ३७ प्रतिसत रहेको थियो । यसैगरी मुक्तिनाथ बिकास बैंकमा पनि चालुु आवको दोस्रो त्रैमासमा शुन्य दसमलव ३० प्रतिसत कर्जा खराव रहेको छ । गत आवको सोही अवधिमा मुुक्तिनाथमा शुन्य दसमलव ११ प्रतिसत कर्जा खराव रहेको छ । गरिमा बिकास बैक, ज्योति बिकास बैंक र कर्पोरेट डेभलपमेन्ट बैंकमा पनि खराव कर्जाको अनुपात चालुु आवको दोस्रो त्रैमासमा क्रमश एक दसमलव शुन्य छ, शुन्य दसमलव ६८ र चार दसमलव २५ प्रतिसत रहेको छ । गत आवको सोही अवधिमा यि बैंकहरुमा यस्तो कर्जाको अनुपात एक दसमलव ६९, शुन्य दसमलव ८० र २३ दसमलव ४५ प्रतिसत रहेको थियो ।
चालुु आवको दोस्रो त्रैमासमा साँग्रिला, सिन्धुु र महालक्ष्मी बिकास बैकहरुमा पनि खराव कर्जाको अनुपात क्रमश दुुई दसमलव ४३, दुुई दसमलव ५२ र चार दसमलव ७९ प्रतिसत रहेकाछन । गत आवको सोही अवधिमा यि बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमश शुन्य दसमलव ६८, एक दसमलव ५८ र दुुई दसमलव ७६ प्रतिसत रहेको थियो । यसैगरी शाईन रेसुंगा डेभलपमेन्ट बैंक, एक्सेल डेभलमेन्ट बैंक, लुम्बिनी बिकास बैंक र मितेरी डेभपमेन्ट बैंकमा पनि खराव कर्जा क्रमश एक दसमलव २७, तीन दसमलव पाँच, दुुई दसमलव ५१ र शुन्य दसमलव ४८ प्रतिसत रहेकाछन । गत आवको सोही अवधिमा यि बैकहरुमा यस्तो कर्जाको अनुपात क्रमश शुन्य दसमलव ६१, शुन्य दसमलव ४९, एक दसमलव ९६ र शुन्य दसमलव ३० प्रतिसत रहेका थिए ।
चालुु आवको दोस्रो त्रैमासमा नारायणी डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक र सहारा बिकास बैंकमा भने खराव कर्जाको अनुपात क्रमश ४४ दसमलव ९७, दुुई दसमलव ५५, एक दसमलव १६ र दुुई दसमलव १६ प्रतिसत रहेकाछन । गत आवको सोही अवधिमा भने यि बैकहरुमा यस्तो कर्जाको अनुपात क्रमश ७३ दसमलव २७, दुुई दसमलव ३२, एक दसमलव ८१ र शुन्य दसमलव ६६ प्रतिसत रहेका थिए ।
कुुन बैंकमा कति प्रतिसत कर्जा खराव छ ? हेर्नुहोस तालिका
बैकको नाम खराव कर्जा (प्रतिसतमा)
कामना सेवा बिकास बैंक १.५९
मुक्तिनाथ बिकास बैंक ०.३०
गरिमा बिकास बैंक १.०६
ज्योति बिकास बैंक ०.६८
कर्पोरेट डेभलपमेन्ट बैंक ४.२५
साँग्रिला डेभलपमेन्ट बैंक २.४३
सिन्धुु बिकास बैंक २.५२
महालक्ष्मी बिकास बैंक ४.७९
शाईन रेसुंगा डेभलपमेन्ट बैंक १.२७
एक्सेल डेभलपमेन्ट बैंक ३.०५
लुम्बिनी बिकास बैंक २.५१
मितेरी डेभलपमेन्ट बैंक ०.४८
नारायणी डेभलपमेन्ट बैंक ४४.९७
ग्रीन डेभलपमेन्ट बैंक २.५५
कर्णाली डेभलपमेन्ट बैंक १.१६
सहारा बिकास बैंक २.१६
(श्रोत बैैकहरुले प्रकाशन गरेको चालु आवको दोस्रो त्रैमासिक अपष्किृत बित्तीय बिवरण)