आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

पार्टी सभापतिमा भिड्ने पौडेलको घोषणा, गगन पनि ‘ब्याक’ नहुने

शुक्रबार, फाल्गुन २१ २०७७

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४औँ महाधिवेशनमा आफूहरूको समूहबाट एकजना मात्रै सभापतिको उम्मेदवार बन्ने बताएका छन् ।

भरतपुरमा बिहीबार आयोजित कार्यक्रममा पौडेलले आसन्न महाधिवेशनमा आफ्नो समूहबाट एकजना मात्रै उम्मेदवार बन्ने बताएका हुन् । पौडेल समूहबाट सभापति पदका लागि धेरै जना आकांक्षी रहेका छन् ।

‘अन्तिममा सबै मिल्ने हो । मैले नि छोड्न सक्छु’, उनले भने, ‘अरूले नि छोड्न सक्छन् । अन्तिममा एउटा उम्मेदवार हुन्छ ।’

पौडेलले को–को मिलेर लड्ने भन्ने निर्णय हुन बाँकी रहेको बताएका छन् । नेता पौडेलले क्रियाशील सदस्यताको काम सकिएपछि जेठको अन्तिममा वडाको अधिवेशन सुरू हुने दाबी गरेका छन् ।
‘त्यसपछि त एक महिनामा सबै सकिन्छ,’ उनले भनेका छन् ।

१४औँ महाधिवेशनमा पौडेलले सभापतिमा उम्मेदवार बन्ने संकेत गरिसकेका छन् ।

सभापतिमा युवा नेता गगन थापाले पनि घोषणा गरिसकेका छन् । डा.शेखर कोइराला, विमलेन्द्र निधि, डा.शशांक कोइरालाले पनि सभापतिमा उम्मेदवार बन्ने बताइसकेका छन् ।

सभापति शेरबहादुर देउवाले पनि सभापतिमा दोहोरिने संकेत गरिसकेका छन् ।