आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

इन्टरनेट बैंकिङमार्फत २० लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिने

बुधबार, फाल्गुन १९ २०७७

काठमाडौं ।  मोवाईल तथा इन्टरनेट बैंकिङमार्फत २० लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिने भएको छ ।  अनुुमतीप्राप्त भुक्तानी सम्वन्धी कार्य गर्ने संस्थाहरुको नाउँमा आज बुधबार परिपत्र जारी गर्दे राष्ट्र बैकले प्रतिदिन दुुई देखि २० लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिने नयाँ सिमा तोकेको हो ।  
२०७७ भदौ ११ गते जारी गरिएको भुक्तानी प्रणाली सम्वन्धी एकीकृत निर्देशन २०७७ लाई संसोधन गर्दे नयाँ व्यवस्था कार्यान्वयनमा ल्याईएको राष्ट्र बैंकले जनाएको छ । यो व्यवस्था अनुसार मोबाईल तथा इन्टरनेटद्धारा गरिने कारोवारको अधिकतम सिमा मोबाईल बैंकिङतर्फ प्रतिदिन दुई लाख, इन्टरनेट बैैंकिङ (मर्चेन्ट पेमेन्ट) तर्फ प्रतिदिन २० लाख र इन्टरनेट बैंकिङ अन्र्तगत अकाउन्ट ट्रान्सफरतर्फ प्रतिदिन २० लाख रुपैयाँसम्मको अधिकतम सिमा तोकिएको छ । 
कुनै व्यक्तिको नाममा बैंक तथा बित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकमान्तर गर्न, नेपाल सरकारको सम्वन्धीत कार्यालयहरुमा भुक्तानी गर्नुपर्ने कर, राजश्व, जरिवाना, सवारी दस्तुुर, रजिष्टे«शन तथा सेवा शुल्क जस्ता बिविध शुल्क भुक्तानी, बिद्युुत सेवा, दुरसञ्चार सेवा, खानेपानी सेवा, बिमा प्रिमियम, आदिको भुक्तानीमा भने यो व्यवस्थाले बाधा नर्पाने परिपत्रमा उल्लेख छ ।  

rastabank.JPG

rastabank1.JPG