आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

१० महिनामा नौ पटक मूल्यबृध्दि, नघटाए आन्दोलन

बुधबार, फाल्गुन १९ २०७७

सरकारले चालु आर्थिक वर्षको साढे १० महिनामा पेट्रोलियम पदार्थमा नौ पटक मूल्यबृद्धि गरेको उल्लेख गर्दै नेकपा (प्रचण्ड-माधव समूह) निकट अनेरास्ववियुले बढाइएको भाउ फिर्ता नलिएमा कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

सहसंयोजक रञ्जित तामाङद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ‘कोरोना कहर र लामो लकडाउनका कारण थिलथिलो भएका जनतालाई राहत र सहुलियत दिनुको सट्टा उनीहरूको चुलो चौकोमै बज्रप्रहार गर्ने कार्य अत्यन्तै निन्दनीय र गैरजिम्मेवारपूर्ण रहेको छ ।’

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढाउँदा तत्काल बढाउने तर अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको बेला नघटाउने हाम्रो प्रवृत्तिसँगै विद्यार्थी संगठनले पटक पटक आयल निगमलाई व्याप्त भ्रष्टाचार, अनियमितता र चुहावट रोक्नेतर्फ ध्यानाकर्षण गराउँदै आएको स्मरण गराएको छ ।

तर, यसअघि गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै अनेरास्ववियु संघर्षमा उत्रिरहेको बेलामा झन् मूल्य बढाउने कार्यले जनता र विद्यार्थीलाई आक्रोशित तुल्याएको बताएको छ ।