आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

विप्लव समुहको वार्ता टोली काठमाण्डौमा, छिट्टै छलफल हुने

बुधबार, फाल्गुन १९ २०७७

सरकारसगा बार्ताका लागी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको टोलीले समेत वार्ता गर्न समिति बनाएको छ ।मङ्गलवार महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा दुई सदस्सीय वार्ता समिति बनाएको जनाएका हुन् । प्रकाण्डसँगै वार्ता समितिमा उदय चलाउने ‘दीपक’ सदस्य तोकिएका छन् ।

यसै बिच सरकार र प्रतिवन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच मंगलबार साँझ देखी नै अनौपचारिक वार्ता हुने भएको छ ।

वार्ताका लागि विप्लवका तर्फबाट वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र सदस्य दिपक चलाउने काठमाडौमै रहेका कारण सकेसम्म आजै साँझबाट वार्ता हुन सक्ने स्रोतले जनाएको छ ।

सरकारले पनि मङ्गलवार नै गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य रहने गरी दुई सदस्सीय वार्ता समिति गठन गरेको थियो । विप्लव नेतृत्वको पार्टीले पार्टीको आफ्ना धारणासहित आधिकारिक रूपमा वार्ता टोली केही बेरमा घोषणा गर्दै छ ।

विप्लव समूहले पक्राउ परेका आफ्ना नेता कार्यकर्ता रिहा गर्नु पर्ने, प्रतिबन्ध फुकुवा गर्नु पर्ने, आफूहरूमाथि लगाइएको मुद्दा खारेज गरिनु पर्ने लगायतका माग राख्दै आइरहेको छ ।