आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सिद्धार्थ बैंकको कर्मचारी सहभागिता कार्यक्रमको नतिजा सार्वजनिक

सोमबार, फाल्गुन १७ २०७७

काठमाडौ, सिद्धार्थ बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सवको अवसर पारेर कर्मचारीको सहभागीतालाई मध्यनजर गर्दै कर्मचारी संलग्नता प्रतियोगिता ल्याएको थियो । सो प्रतियोगितामा देशभरबाट १२४ जना बैंकका कर्मचारीहरुले लेख, एनिमेशन भिडियो, टिकटक भिडियो र चित्रकला गरी कुल ४ वटा विधाहरुमा सहभागिता जनाएका थिए ।

उक्त कार्यक्रमको नतिजा आज आईतबार सिद्धार्थ बैंकको प्रधान कार्यालय हात्तिसारमा एक समारोहकाबीच सम्पन्नभएको थियो भने, कार्यक्रममा बैंकका अधिकाशं कर्मचारीहरुले डिजिटल्ली नै आफ्नो हाजिरी जनाएका थिए । विजेताहरुलाई बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भु नाथगौतमले पुरस्कार हस्तान्तरण गरेका थिए ।

उनले सबै प्रतियोगिहरुलाई धन्यवाद ज्ञापन गर्दै यस्ता प्रतियोगिताले कर्मचारीको हौसला बढाउने तथा कर्मचारीहरुमाझ हर्ष र उत्साह सृजना गर्ने भएकाले आगामी दिनहरुमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिदैँ जाने भनेर उल्लेख गर्दै सबै कर्मचारीहरुलाई यस किसिमका कार्यक्रमहरुमा सहभागिता जनाउन प्रोत्साहन गरे ।