बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

अवहेलना मुद्दामा लिखित जवाफ बोकेर प्रचण्ड सर्वोच्च अदालत पुगे

सोमबार, फाल्गुन १७ २०७७

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सर्वोच्च अदालत पुगेका छन् । उनि अदालतको अवहेलना मुद्दामा जवाफ दिन सर्बोच्छ पुगेका हुन ।

प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा अदालतको मानहानी हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रचण्डविरुद्ध रिट दायर भएको थियो ।

अदालतमा विचाराधीन मुद्दाका विषयमा गरेका राजनीतिक टिप्पणीहरुलाई लिएर अधिवक्ता समिर हायुले दायर अवहेलनाको निवेदन दायर गरेका थिए ।

उक्त मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आफैँ लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार जवाफ लिएर प्रचण्ड आज सर्बोच्छ अदालत पुगेकाअ हुन । अदालत

सो रिटमा गत बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सात दिनभित्र आफैं लिखित जवाफ पेश गर्न प्रचण्डलाई आदेश दिएको थियो । सोही आदेशअनुसार प्रचण्ड लिखित जवाफसहित सर्वोच्चमा उपस्थिति भएका हुन् ।