आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

   मुक्तिनाथ विकास बैंकको ‘नारी विशेष अफर’

आइतबार, फाल्गुन १६ २०७७

मुक्तिनाथ विकास बैंक लि.ले अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा ‘नारी विशेष अफर’ ल्याएको छ । यस अफर अन्तरगत फागुन १६,२०७७  देखि  फागुन २३ गते, २०७७ भित्र मुक्तिनाथ बैंकको महिला पेवा बचत खाता खोलेमा निशूल्क मुक्तिनाथ भिसा डेबिट कार्ड (VISA Debit Card) पाउन सकिनेछ । यसका लागि ग्राहकले डेबिट कार्डको लागि फरम या आवेदन पनि यँहि अफर समय अवधि (फागुन १६,२०७७  देखि  फागुन २३ गते, २०७७ ) भित्र दिनु पर्नेछ ।

यस नारी विशेष अफर साथै ग्र्राहकले निशूल्क DEMAT खाता पनि बैंक मार्फत खोल्नसक्नु हुनेछ । समपूर्ण नारीलाई नारी दिवसको शुभकामना दिन र बचतको प्रोत्साहन गर्न बैंकले यो अफर ल्याएको हो ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न VISA Network  अन्तर्गतको जुन सुकै बैंकको ब्त्ः बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।