काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार पुुन आठ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ । सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
फागुुन १८ गते जारी मिती तोकिएको ट्रेजरी खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब र ९१ दिने अवधिको तीन अर्ब १३ करोड रुपैयाँको रहेको छ । ति मध्ये २८ दिने अवधिको परिपक्व हुुने मिती २०७७ चैत्र १७ गते र ९१ दिने अवधिको ट्रेजरीको परिपक्व हुुने अवधि बिसं २०७८ जेठ १८ गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।