आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

मन्त्रिपरिषद् बैठकले गर्‍यो संसद अधिवेशन बोलाउने निर्णय, बैठकको मिति तय

शनिबार, फाल्गुन १५ २०७७

काठमाडौं – मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा संसदको अधिवेशन फागुन २३ गते आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै संसद अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ ।

फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र संसद अधिवेशन बोलाउन परमादेश जारी गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्ने व्यवस्था रहेको छ ।

यसअघि प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेपनि सर्वाेच्च अदालतले त्यसलाई बदर गरिदिएको छ ।