काठमाडौं । उप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता ईश्वर पोखरेले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन् ।
शुक्रबार ओली निकट विद्यार्थी संगठन अनेरास्ववियुको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उप्रधानमन्त्री पोखरेलले हिम्मत भए संसदमा अविश्वासको प्रस्ताव ल्याउन दाहाल–नेपाल समूहलाई चुनौति दिए ।
उनले भने, ‘तिमीले धारे हात लाउँदैमा केपी ओलीले राजीनामा दिँदैनन् । संसदको सामना गर्छन् । हिम्मत छ भने अविश्वास प्रस्ताव ल्याएर देखाऊ । त्यसको हामी डटेर सामना गर्छौँ। त्यसको परिणाम स्वीकार गर्छौँ ।’