बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

‘नेकपा’विरुद्ध परेको रिटमा सर्वोच्चले २० गते फैसला सुनाउने

शुक्रबार, फाल्गुन १४ २०७७

कट्टेल अध्यक्ष भइ आयोगमा २०७० साउन १२ गते नै आयोगमा नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामको राजनीतिक दर्ता भएको थियो।

आयोगले एमाले र माओवादी मिलेर बनेको दललाई पनि नेपाल कम्युनिष्ट पार्टी नाम दिएर छोटकरीमा लेख्दा मात्रै शब्दबीच ठाउँ छाडेर (ने क पा) लेख्ने गरी दल एकीकरणको प्रमाणपत्र २०७५ जेठ २३ गते दिएको थियो।

त्यस बेला आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवैजना अध्यक्ष रहने गरी निर्णय गरेको थियो। अहिले ओली दाहाल विभाजित अवस्थामा पुगेका छन्।

तर व्यवहारिक रुपमा भने कसैले पनि आयोगले भनेअनुसार ठाउँ नछोडी कट्टेल नेतृत्वकै पार्टीले लेखेको (ने क पा) लेख्दै आएका छन्। दुई दलले आयोगमा निवेदन दिँदा भने नेपाल कम्युनिष्ट पार्टी हुनुपर्ने दाबी प्रस्तुत गरेका थियो। आयोगले त्यसलाई सच्याएर छोटकरीमा लेख्दा दुई शब्दबीच खाली ठाउँ छाडे हुने गरी प्रमाणपत्र दिएको थियो।

ऋषि कट्टेलको समूहले छोटकरीमा आफ्नो पार्टीलाई पनि ‘नेकपा’ नै भन्नु पर्ने भएकाले उक्त पार्टीको नामसँग आफनो पार्टीको नाम मिल्दा समस्या भएको भन्दै त्यसलाई सच्याउनु पर्ने मागसहित आयोगमा उजुरी दर्ता गरेको थियो।

तर ओली—दाहाल समूहले आफ्नो पार्टीको नामसँग ऋषि कट्टेलको समूहको पार्टीसँग नाम नमिल्ने भन्दै त्यसलाई सच्याउनु पर्ने जरुरी नरहेको निर्णय दिएपछि उनी त्यसका विरुद्ध सर्वोच्च पुगेका थिए।