बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पारित भयो गुगल र फेसबुकले समाचार प्रयोग गरेबापत शुल्क तिर्नुपर्ने कानुन

बिहिबार, फाल्गुन १३ २०७७

काठमाडाै‌‌–अष्ट्रेलिया सरकारले गुगल र फेसबुकले समाचार प्रयोग गरेबापत प्रकाशकलाई शुल्क तिर्नुपर्ने प्रावधान राखिएको कानून पारित गरेको छ।
इन्टरनेटमा प्रविष्ट हुने सामग्री नियमन गर्नुपर्ने आवाज उठिरहँदा अष्ट्रेलियाले एक कदम माथि उठेर मूल्यसमेत नियमन गर्ने प्रयास थालेको हो। फेसबुक र गुगलले भने यो कानूनको विरोध गरिरहेका छन्।

यही विवादबीच यसअघि फेसबुकले अष्ट्रेलियामा न्यूज फिडमाथि प्रतिबन्ध लगाएको थियो। अस्ट्रेलियाबाट र अस्ट्रेलिया ठेगाना भएका व्यक्तिलाई समाचार लिंक सेयर गर्न र हेर्न नमिल्ने बनाइदिएको थियो।

कानुनमा परिवर्तन गर्ने अष्ट्रेलिया सरकारको भनाइसँगै अघिल्लो साता बिहीबारदेखि लगाइएको प्रतिबन्ध मंगलबार फुकुवा भएको थियो।
ठूला प्रविधि कम्पनी र समाचार उत्पादन गर्ने संस्थाबीच समाचार सामग्रीको मूल्यबारे ‘न्यायोचित’ संवाद होस् भन्ने नयाँ कानूनको उद्देश्य रहेको अस्ट्रेलिया सरकारको दाबी छ। यो प्रकृतिको कानून विश्वकै पहिलो भएकाले यसलाई विश्वभर नै चासोपूर्वक हेरिएको छ।