बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कांग्रेसको पदाधिकारी बैठक बस्दै

बिहिबार, फाल्गुन १३ २०७७

काठमाडौं :  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।

गत पुस पाँच गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको सिफारिस मंगलबार सर्वोच्च अदालतले बदर गरेपछिको अवस्थाबारे छलफल गर्नका लागि पदाधिकारी बैठक बोलाएका हुन्। सभापति देउवाका सहयोगी भानु देउवाका अनुसार बैठक आज दिउँसो तीन बजे बोलाइएको छ। 

वरिष्ठ नेता रामचन्द्र पौडेल पूर्वी तराईमा रहेको र बुधबार साँझसम्म काठमाडौं आइपुग्ने भएकाले आजका लागि पदाधिकारी बैठक बोलाइएको उनले बताए।