प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन लाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै संसद् पुनर्स्थापना गर्ने आदेश दिएपछि अब के हुन्छ भन्ने जिज्ञासा सबैतिर देखिएको छ। सुरुदेखि नै प्रधानमन्त्री ओलीको कार्यशैली र विघटनको निर्णयको विरोध गर्दै आएका नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बीबीसी नेपालीका शरद केसी यस विषयमा विविध प्रश्न गरेका छन्।
उनले प्रचण्डलाई पहिलो प्रश्न गर्दै भनेका छन् । अब प्रधानमन्त्री तपाई बन्ने की शेर वहादुर देउवालाई बनाउने ? जवाफमा प्रचण्ड भन्छन् अहिले हामी प्रधानमन्त्रीको विषयमा पुरै ओपन छौ । मैले सार्वजनिक रुपमै भनिरहेको पनि छु हाम्रो प्राथमिकता प्रधानमन्त्री पनि हैन प्रधानमन्त्री हुनको लागि पनि आन्दोलन हैन भनेर मैलै यसअघि पनि भनेको थिए ।
त्यस कारण अब हामी नेपाली कंग्रेस लगायत जनता समाजबादी पार्टी लगायत अन्य राजनितिक दलसँग छलफल गरेर समझदारी बनाएर अगाडी जाने तिर हाम्रो पहल हुन्छ । प्रचण्डले अब आफु राष्ट्रिय सहमति बनाउन तिर लाग्ने बताएकाछन् । राष्ट्रिय सहमतिबाट अगाडी नगइकन यो देशले शान्ती स्थिरता प्रगती नपाउने देखिसक्यो त्यसो भएर प्रधानमन्त्रीमा दाबी भनेर म गर्दिन ।
तर अब सबै राजनितिक दलको सहमतिबाट जे हुन्छ त्यहि हुन्छ । अहिले हामी चितवनमा छौ भोलि विहान पुग्छौ सबै पाटीैसँग छलफल गरेर जसरी देश र जनताको हित हुन्छ त्यसै गरिु अगाडी बढछौ । प्रचण्डले राष्ट्रिय सहमति खोज्ने कुरामा ओलीसँग पार्टी एकता हुन नसक्ने तर अन्य कुरामा उहाँ कसरी अगाडी आउनु हुन्छ भन्ने कुरामा भर पर्ने उल्लेख गरे ।
उहाले विभाजन गरि नै सक्नु भएको छ । प्रतिगमनतिर कदम चालिनै सक्नुभाको चै त्यहि भएर पार्टी एउटै हुने संभावना चै म देख्दिन तर एउटा पार्टीको रुपमा केपीसँग कुनै कुरै नहुने भन्ने चै हुन्न। भन्ने कुरा बताएका थिए।