बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रचण्डले शेरबहादुर देउवालाई भेटेर ओलीविरुद्ध भाबी योजना बनाउने, यस्तो छ प्लान!

बुधबार, फाल्गुन १२ २०७७

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर भावी योजना बनाउने बताएका छन् ।

सर्वाेच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेपछि आज मंगलवार साँझ बीबीसी नेपाली सेवासँग कुरा गर्दै अध्यक्ष प्रचण्डले कांग्रेस लगायत दलसँग छलफल गरिने बताए ।

अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई हटाउनेबारे केही नसोचेको जवाफ समेत दिएका छन् । तर प्रचण्ड पक्षीय नेत्री रामकुमारी झाँक्री भने राष्ट्रपति भण्डारीविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुने गरेकी छन् ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भण्डारीलाई ‘ब्ल्याकमेल’ गर्ने कोसिस गरेको भन्दै आफूहरुले कहिल्यै त्यसो नगरेको स्पष्ट पारेका छन् । राष्ट्रपतिलाई हटाउनुहुन्छ भन्ने बीबीसीको प्रश्नमा प्रचण्डले भने, ‘हामी अहिले त्यतातिर सोचकै छैनौं । राष्ट्रपतिलाई ब्ल्याकमेल गर्ने कोसिस केपी ओलीले गर्नुभएको हो । हामीले कहिल्यै त्यसो गरेका छैनौं । हामी राष्ट्रपति हटाउनेतिर लाग्दैनौं ।’

प्रचण्डले केपी ओलीलाई अध्यक्ष मानेर जाने सम्भावना नरहेको बताउँदै दलहरुसँग समझदारी गरेर अगाडिको बाटो तय गर्ने बताएका छन् ।

प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि यसबारे कुरा गरिसकेको बताउँदै भोलि चितवनबाट फर्किएपछि थप कुराकानी गर्ने बताएका छन् ।

‘भर्खरै नेपाली कांग्रेससँग पनि र अन्य पार्टीसँग पनि कुरा भएको छ । राति नै वा भोलि बिहानसम्म काठमाडौं पुग्छौं । त्यसपछि राजनीतिक पार्टीहरुसँग वार्ता गरेर जसरी देशको हित हुन्छ, सहमति बन्छ हामी त्यसरी नै अगाडि बढ्छौं,’ प्रचण्डले भनेका छन् ।