सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

सर्वोच्चको फैसलाले नेपाली जनताको जित भएको छ : माधव नेपाल

बुधबार, फाल्गुन १२ २०७७

काठमाडौं : नेकपा प्रचन्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतबाट उल्ट्याउने ऐतिहासिक फैसलाले जनताको जित भएको बताएका छन्।

सर्वोच्चको फैसलापछि फेसबुक लाइभमार्फत प्रतिक्रिया दिँदै नेपालले सम्मानित सर्वोच्च अदालतले संवैधानिक अपेक्षा र जनभावना अनुसार अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेको बताए।

सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दै नेपालले संविधानका प्रावधानलाई मिचेर केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन प्रतिगमनकारी रहेको बताए। आन्दोलनमा उत्रेका राजनीतिक दलहरु, नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई हार्दिक धन्यवाद दिदै नेपालले खुसियाली मनाउन सबैलाई अपिल गरे।