बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बैंक तथा फाईनान्सहरुमा ५५ करोड रुपैयाँ संस्थागत निक्षेप राख्दै राष्ट्र बैंक

सोमबार, फाल्गुन १० २०७७

काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुमा नेपाल राष्ट्र बैैकले ५५ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । पेन्सन तथा उपदान कोषमा रहेको २५ करोड र कर्मचारी सुरक्षण कोषमा रहेको ३० करोड रुपैयाँ समेत गरी कुुल ५५ करोड रुपैयाँ बराबरको संस्थागत निक्षेप राख्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ । 
लगानीको अवधि तीन सय ६६ दिन अर्थात २०७७ चैत्र एक गते देखि २०७८ फागुुन ३० गतेसम्म रहेको छ । लगानीको लागि बैंक तथा फाईनान्स कम्पनीहरुले यही फागुुन १२ गते अपरान्ह तीन बजेसम्म राष्ट्र बैकमा आवेदन दिनुुपर्ने छ । लगानीको लागि छुुट्याईएको पेन्सन तथा उपदान कोष अन्र्तगतको २५ करोड रुपैयाँ मध्ये बाँणिज्य बैंकहरुको लागि २० करोड, राष्ट्रियस्तरका बिकास बैकहरुका लागि तीन करोड ७५ लाख र फाईनान्स कम्पनीहरुको लागि एक करोड २५ लाख रुपैयाँ छुट्याईएको छ । यसैगरी कर्मचारी सुरक्षण कोष अन्र्तगतको कुुल रकम मध्ये बाँणिज्य बैकहरुको लागि २४ करोड, बिकास बैंकहरुको लागि चार करोड ५० लाख र फाईनान्स कम्पनीहरुको लागि एक करोड ५० लाख रुपैयाँ छुट्याईएको छ । 
लगानीको लागि बैंक सञ्चालनमा आएको कम्तिमा दुई बर्ष पूरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.एल.) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको हुुनुुपर्ने लगायतका प्रावधानहरु तोकिएकाछन ।

rasta bank 1.JPG

rasta bank 23.JPG

rasta bank 3.JPG